स्मीता दाहालले गाइन् हिन्दी गीत
शुक्रबार, १८ भदौ २०७८, १२ : ४०
नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।
उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।
स्मीता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । (शीर्षक सच्याइएको )
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
