अवैध काठसहित चारवटा ट्रक प्रहरीको नियन्त्रणमा
प्रहरीले अवैध काठसहित चारवटा ट्रक नियन्त्रणमा लिएको छ ।
पश्चिम सुर्खेतको वराहताल गाउँपालिकाको ओदालतालबाट ती ट्रक नियन्त्रणमा लिइएको हो ।
ती ट्रकमा लोड गरिएको करिब दुई हजार क्युफिट साल जातको काठ प्रहरीले बरामद गरेर डिभिजन वन कार्यालय सुर्खेतमा बुझाएको छ । दिपमाला सःमिलका संचालक राजेन्द्र गिरीले ल्याउँदै गरेको अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ ।
पश्चिम बेतान कुल्लुबाट वीरेन्द्रनगर ल्याउँदै गरेको उक्त काठ प्रदेश प्रहरी कार्यालय विउरोको टोलीले नियन्त्रणमा लिएको हो ।
एक हजार ६५५ क्युफिट काठ ल्याउने स्वीकृति लिए पनि उनीहरुले अनुमतिभन्दा बढी काठ ल्याउन लागेको सूचना पाएपछि प्रहरीले काठसहित ट्रक नियन्त्रणमा लिएको हो ।
डिभिजन वन प्रमुख गोविन्द दाहालले काठ स्वीकृति लिएको भन्दा बढी ल्याएको पाइएको बताए । यद्यपि बरामद काठको परिमाण यकिन नभएको उनले रातोपाटीलाई जानकारी दिए ।
उनले यो काठ अन्यत्र क्षेत्रबाट आएको हुँदा आफुले कारबाही गर्न नमिल्ने बताउँदै कारबाहीका लागि प्रदेश वन निर्देशनालयमा पठाइने जानकारी दिए । आवश्यक छानबिनपछि दोषी ठहरिए वन ऐन अनुसार कारवाही हुने उनको भनाइ छ ।
ट्रक चालक र सहचालकलाई प्रहरीको निगरानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण