‘च्याट शो’ मा शिल्पा शेट्टी हाँसेको देखेर युजरले भने, ‘लाज छैन ?’
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा फसेपछि शिल्पामाथि धेरै प्रकारका प्रश्नहरु उठाइएको छ ।
राजको विवादाले शिल्पाको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर परेको छ । पतिको पोनोग्राफी केस चलिरहेको समयमा शिल्पा शेट्टी एउटा च्याट शोको प्रोमोमा देखिएकी छन् । उनी जेनिस सेक्युएराको टक शोमा क्रिकेटर बी यु निकसँग देखिएकी छन् । तर, शोको प्रोमो आएसँगै शिल्पामाथि विभिन्न प्रकारका प्रतिक्रिया जनाउन थालिएको छ ।
यद्यपि, उक्त च्याट शोको शुटिङ राज कुन्द्रा पोनोग्राफी मामिलामा पक्राउ पर्नुअघि जुलाईमा लिइएको थियो । शोको प्रोमो भिडियोमा शिल्पा शेट्टी ठूलो ठूलो आवाजमा हाँसेकी छन् । तर, ट्रोलर्सले शिल्पालाई हाँसेको देखेर राज कुन्द्राले पोर्न कन्टेन्ट बनाएको विषयलाई जोड दिँदै ट्रोल गर्न सुरु गरेका छन् ।
एक युजरले शिल्पा शेट्टीको भिडियोमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘ राज कुन्द्राले पोनोग्राफीमार्फत कति युवतीहरूको जिन्दगी बर्बाद बनायो । यति ठूलो स्क्यान्डलपछि पनि कसरी मान्छे यति खुशी हुन सक्छ ? लाज लाग्दैन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमान्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण