आईपीओ ल्याउने तयारीमा अर्घाखाँची सिमेन्ट
गत आर्थिक वर्ष २०७७/७८ मा प्राइभेटबाट पब्लिक कम्पनी बनेको अर्घाखाँची सिमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । कम्पनीले अर्को आर्थिक वर्षभित्र आईपीओ निष्कासनको तयारी गरेको जनाएको हो ।
कम्पनीका प्रमुख वित्त अधिकृत राजु पौडेलले सर्वसाधारणका लागि सेयर खुलाउने तयारी अगाडी बढिरहेको जानकारी दिए । उनले आईपीओ खुलाउने मिति नतोके पनि अर्को आर्थिक वर्ष भित्र सर्वसाधारणलाई सेयर बिक्री गर्ने तयारी भइरहेको बताए त्यसका लागि कम्पनीले काम अगाडी बढाएको उनको भनाई छ ।
यसैगरी, सिमेन्ट कम्पनीले अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेडको इजाजत पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले ‘एनएचएस–५७२’ प्रमाणीकरण गरी कम्पनीलाई ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
हालसम्म कम्पनीले ३३२ ग्रेड वा सो सरहको मान्यता पाइरहेको छ । र, यही ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको थियो । कम्पनीले ओपीसी र पीपीसी तथा क्लिंकर उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण