‘मोटो भए’ भन्नेहरूलाई नेयमारले दिए यस्तो जवाफ

आफू मोटो भएको भन्दै गरिएको आलोचनाहरूलाई ब्राजिलियन स्टार नेयमारले रमाइलो प्रतिक्रिया दिएका छन् । फ्रेन्च मिडियाले पछिल्लो समय नेयमारको तौलको विषयलाई लिएर आलोचना गरिरहेका छन् । गत हप्ता रेमिसविरुद्धको खेलपछि मिडियाले उनीबारे सो टिप्पणी गरेका थिए ।
नेयमार बिहीबार ब्राजिल र चिलीविरुद्धको विश्वकप छनोट खेलमा पूर्ण समय खेलेका थिए । सो खेलमा ब्राजिल १–० ले विजयी बन्यो । खेलपछि सामाजिक सञ्जाल इन्सटाग्राममा स्टोरी पोष्ट गर्दै प्रश्न गरे, ‘के हामीले राम्रो खेल्यौँ ? अहँ ! के हामीले जित्यौँ ? हो !’
त्यसपछि उनले आफूलक्षित आलोचनाबारे जवाफ दिँदै भने, ‘त्यो टिसर्ट ठुलो साइजको थियो । म मेरै तौलमा कायम छु । अर्को खेलमा मध्यम साइजको टिसर्ट मगाउनेछु ।’ हाँसोको इमोजीसहित उनले पोष्ट गरेका छन् ।
अन्तर्राष्ट्रिय ब्रेकमा चिलीपछि ब्राजिलले थप दुई विश्वकप छनोट खेल्न बाँकी रहेको छ । आइतबार ब्राजिलले अर्जेन्टिनाको सामना गर्नेछ भने बिहीबार पेरुको सामना गर्नेछ । त्यसपछि नेयमार फ्रान्स फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार