‘मोटो भए’ भन्नेहरूलाई नेयमारले दिए यस्तो जवाफ
आफू मोटो भएको भन्दै गरिएको आलोचनाहरूलाई ब्राजिलियन स्टार नेयमारले रमाइलो प्रतिक्रिया दिएका छन् । फ्रेन्च मिडियाले पछिल्लो समय नेयमारको तौलको विषयलाई लिएर आलोचना गरिरहेका छन् । गत हप्ता रेमिसविरुद्धको खेलपछि मिडियाले उनीबारे सो टिप्पणी गरेका थिए ।
नेयमार बिहीबार ब्राजिल र चिलीविरुद्धको विश्वकप छनोट खेलमा पूर्ण समय खेलेका थिए । सो खेलमा ब्राजिल १–० ले विजयी बन्यो । खेलपछि सामाजिक सञ्जाल इन्सटाग्राममा स्टोरी पोष्ट गर्दै प्रश्न गरे, ‘के हामीले राम्रो खेल्यौँ ? अहँ ! के हामीले जित्यौँ ? हो !’
त्यसपछि उनले आफूलक्षित आलोचनाबारे जवाफ दिँदै भने, ‘त्यो टिसर्ट ठुलो साइजको थियो । म मेरै तौलमा कायम छु । अर्को खेलमा मध्यम साइजको टिसर्ट मगाउनेछु ।’ हाँसोको इमोजीसहित उनले पोष्ट गरेका छन् ।

अन्तर्राष्ट्रिय ब्रेकमा चिलीपछि ब्राजिलले थप दुई विश्वकप छनोट खेल्न बाँकी रहेको छ । आइतबार ब्राजिलले अर्जेन्टिनाको सामना गर्नेछ भने बिहीबार पेरुको सामना गर्नेछ । त्यसपछि नेयमार फ्रान्स फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण