लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका– १ मा रहेको एक जलविद्युत अवरुद्ध भएको छ । नवभिजन जलविद्युत सहकारी संस्थाद्वारा सञ्चालित लघु जलविद्युत आयोजनाको उपकरणमा चट्याङले क्षति पु¥याएको हो ।
९० किलोवाट क्षमताको विद्युत्को विद्युत् गृहको मदरवोर्डमा चट्याङ परेर समस्या आएकाले सेवा अवरुद्ध भएको हो । एक हप्तासम्म विद्युत् सेवा अवरुद्ध हुने नवभिजन जलविद्युत सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र मल्लले जानकारी दिए । काठामाडौँबाट सामान ल्याउनु पर्ने भएकाले विद्युत् आयोजना मर्मत गरी सुचारु गर्न एक हप्ता लाग्ने उनले बताए ।
उक्त विद्युत् सेवा अवरुद्ध हुँदा रुकुम पूर्वको सिस्ने गाउँपालिका, ३, ४, ५ र ६ नम्बर वडा तथा बाँफिकोट गाउँपालिकाको १ नम्बर वडाका उपभोक्ताहरू अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा करिब १ हजार ६ सय सय उपभोक्ताहरू समस्यामा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण