त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने तयारीप्रति अनेरास्ववियुको आपत्ति
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिबार विज्ञप्ति जारी गरी आंशिक शिक्षकलाई करार गराउने कदम प्राज्ञिक उन्नयन र त्रिभुवन विश्वविद्यालयको संस्थागत विकासको विरुद्धमा रहेको बताए । ‘यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धाबाट प्राज्ञिक पेशामा लाग्न चाहने शैक्षिक युवाहरुको बाटोलाई बन्ध्याकरण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी संख्या घट्दै जाँदा पनि त्रिविमा पुराना दरबन्दी कायमै रहेका बेला दरबन्दी थप गर्ने कुरा व्यवहारिक नहुने महरको भनाइ छ । ‘यो विषयमा विश्वविद्यालय गम्भीर हुनुपर्छ कि पर्दैन ? कुनै अमुक संगठनमा आवद्ध भएको व्यक्तिको जागिर सुनिश्चित गर्नका लागि नेपाली जनताको भविष्यको कुर्वानी कदापी स्वीकार्य हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुले आंशिक शिक्षकलाई करार गर्ने कदम तत्काल रोकी खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट सञ्चालन गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण