बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिविमा आंशिक शिक्षकलाई करार गर्ने तयारीप्रति अनेरास्ववियुको आपत्ति

शनिबार, १९ भदौ २०७८, १९ : ३१
शनिबार, १९ भदौ २०७८

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षकलाई करारमा नियुक्त गर्ने तयारी भएको भन्दै आपत्ति जनाएको छ । प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने मूल मार्ग बन्द गर्ने गरी आंशिकलाई करार र करारलाई स्वतः स्थायी प्रक्रियामा लैजाने गरी बाटो खोल्न लागेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरले शनिबार विज्ञप्ति जारी गरी आंशिक शिक्षकलाई करार गराउने कदम प्राज्ञिक उन्नयन र त्रिभुवन विश्वविद्यालयको संस्थागत विकासको विरुद्धमा रहेको बताए । ‘यो कदमले बजारमा स्वस्थ प्रतिस्पर्धाबाट प्राज्ञिक पेशामा लाग्न चाहने शैक्षिक युवाहरुको बाटोलाई बन्ध्याकरण गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थी संख्या घट्दै जाँदा पनि त्रिविमा पुराना दरबन्दी कायमै रहेका बेला दरबन्दी थप गर्ने कुरा व्यवहारिक नहुने महरको भनाइ छ । ‘यो विषयमा विश्वविद्यालय गम्भीर हुनुपर्छ कि पर्दैन ? कुनै अमुक संगठनमा आवद्ध भएको व्यक्तिको जागिर सुनिश्चित गर्नका लागि नेपाली जनताको भविष्यको कुर्वानी कदापी स्वीकार्य हुन सक्दैन’ विज्ञप्तिमा भनिएको छ ।

अनेरास्ववियुले आंशिक शिक्षकलाई करार गर्ने कदम तत्काल रोकी खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट सञ्चालन गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप