बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१९ वर्षीया किशोरी काँग्रेस वडा सभापतिमा निर्वाचित, बाबुको लय समात्दै

शनिबार, १९ भदौ २०७८, १९ : ५६
शनिबार, १९ भदौ २०७८

युवाहरुलाई युग परिर्वतनका संवाहक भनेर भनिन्छ । तर, नेपाली राजनीतिमा भने युवाहरुको सहभागिता खोइ ? भनेर प्रश्न गर्नुपर्ने अबस्था छ।    यही समयमा दैलेखमा एकजना १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली काँग्रेसको वडा  सभापतिमा निर्वाचित भएकी छन् । 

दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । वडा तहका अधिकांश नेतृत्वमा ४० नाघेकाहरू वर्चश्व भइरहेका बेला उनको निकै प्रशंशा भइरहेको छ ।  यसबेला काँग्रेसको १४ महाधिवेशनले देशभरकै राजनीतिक माहौल तातिरहेको  छ । सोही अभियान अन्तर्गत देशभर वडा अधिवेशन चलिरहेको छ । शुक्रबार स्वस्तिकाको नेतृत्वमा कार्यसमिति घोषणा गरिएको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् ।

२०५८ सालमा जन्मिएकी स्वस्तिका बुबाको राजनीति र उनको बाटोमा रहेर राजनीतिमा आएको बताउँछिन् । एसईई सम्मको अध्ययन गरेकी उनीसँग रातोपाटीले गरेको कुराकानी :
तपाईँ सभापतिमा निर्वाचित हुनुभएछ कस्तो लागिरहेको छ ? 
-खुसी लागिरहेको छ ।  सबैबाट बधाई तथा शु–कामना आइरहेको छ । 

बधाई त ! टन्नै आएको होला नि ? 
दिनु नै भाछ । विशेषगरी पार्टीकै ठुलो तहका नेताहरुको फोन आएको छ । समग्रमा भन्नुपर्दा सबै पार्टीका नेताहरुले समेत प्रशंशा गर्नुभाछ ।
हालका पार्टी सचिव भुपेन्द्र शाही, सभापति कृष्ण विसीज्युले फोन गर्नुभएको थियो । फेसबुकमा पनि टन्नै बधाई आएको रहेछ ।

सभापतिचाहिं कसरी हुनुभयो ? 
सुरुमा धेरै जना हुनुहुन्थ्यो । पछि सबैको सहमतिमा म सभापति भएको हो ।

राजनीति गर्ने भूत कसरी चढ्यो ? 

–मेरो बुबा पहिला राजनीति गर्नुहुन्थ्यो । दैलेख जिल्लाको पार्टी उपसभापति हुनुहुन्थ्यो । तर, बुबाको निधन भयो । बाबाको सपना पुरा गर्नु थियो । बुबा समाज रुपान्तरणका लागि र समाज सुधारको लागि केही काम गर्छु भनेर अगाडि बढ्नुभएको थियो । त्यो पुरा नुहुँदै उहाँको स्वर्गबास भयो । त्यसकारण बुबाको  सपना पुरा गर्नका लागि म राजनीतिमा आउन खोजेको हो ।
राजनीतिमा झुकावचाँहि.... ?

–बाबाको मृत्यु भएपछि (२०७६) राजनीतिमा होमिने सोच पलाएको हो ।

सभापति हुनुभयो अब के सोच छ नि ? 
यहाँ (दुल्लु नगरपालिका –३) को सम्पूर्ण पार्टी समिति र सबै पार्टीका समितिहरुलाई क्रियाशील बनाएर जनतालाई एकजुट बनाएर, एक ढिक्का बनाएर उहाँहरुलाई अगाडी बढ्ने, बढाउने र उहाँहरूकै सुझाव सल्लाहअनुसार अघि बढ्ने चाहना छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप