१९ वर्षीया किशोरी काँग्रेस वडा सभापतिमा निर्वाचित, बाबुको लय समात्दै
युवाहरुलाई युग परिर्वतनका संवाहक भनेर भनिन्छ । तर, नेपाली राजनीतिमा भने युवाहरुको सहभागिता खोइ ? भनेर प्रश्न गर्नुपर्ने अबस्था छ। यही समयमा दैलेखमा एकजना १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली काँग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छन् ।
दुल्लु नगरपालिका –३ पालिकी उनी सभापति बनेसँगै सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । वडा तहका अधिकांश नेतृत्वमा ४० नाघेकाहरू वर्चश्व भइरहेका बेला उनको निकै प्रशंशा भइरहेको छ । यसबेला काँग्रेसको १४ महाधिवेशनले देशभरकै राजनीतिक माहौल तातिरहेको छ । सोही अभियान अन्तर्गत देशभर वडा अधिवेशन चलिरहेको छ । शुक्रबार स्वस्तिकाको नेतृत्वमा कार्यसमिति घोषणा गरिएको छ । उनी दैलेखका स्वर्गीय नेता भुपेन्द्रजङ्ग महतकी छोरी हुन् ।
२०५८ सालमा जन्मिएकी स्वस्तिका बुबाको राजनीति र उनको बाटोमा रहेर राजनीतिमा आएको बताउँछिन् । एसईई सम्मको अध्ययन गरेकी उनीसँग रातोपाटीले गरेको कुराकानी :
तपाईँ सभापतिमा निर्वाचित हुनुभएछ कस्तो लागिरहेको छ ?
-खुसी लागिरहेको छ । सबैबाट बधाई तथा शु–कामना आइरहेको छ ।
बधाई त ! टन्नै आएको होला नि ?
दिनु नै भाछ । विशेषगरी पार्टीकै ठुलो तहका नेताहरुको फोन आएको छ । समग्रमा भन्नुपर्दा सबै पार्टीका नेताहरुले समेत प्रशंशा गर्नुभाछ ।
हालका पार्टी सचिव भुपेन्द्र शाही, सभापति कृष्ण विसीज्युले फोन गर्नुभएको थियो । फेसबुकमा पनि टन्नै बधाई आएको रहेछ ।
सभापतिचाहिं कसरी हुनुभयो ?
सुरुमा धेरै जना हुनुहुन्थ्यो । पछि सबैको सहमतिमा म सभापति भएको हो ।
राजनीति गर्ने भूत कसरी चढ्यो ?
–मेरो बुबा पहिला राजनीति गर्नुहुन्थ्यो । दैलेख जिल्लाको पार्टी उपसभापति हुनुहुन्थ्यो । तर, बुबाको निधन भयो । बाबाको सपना पुरा गर्नु थियो । बुबा समाज रुपान्तरणका लागि र समाज सुधारको लागि केही काम गर्छु भनेर अगाडि बढ्नुभएको थियो । त्यो पुरा नुहुँदै उहाँको स्वर्गबास भयो । त्यसकारण बुबाको सपना पुरा गर्नका लागि म राजनीतिमा आउन खोजेको हो ।
राजनीतिमा झुकावचाँहि.... ?
–बाबाको मृत्यु भएपछि (२०७६) राजनीतिमा होमिने सोच पलाएको हो ।
सभापति हुनुभयो अब के सोच छ नि ?
यहाँ (दुल्लु नगरपालिका –३) को सम्पूर्ण पार्टी समिति र सबै पार्टीका समितिहरुलाई क्रियाशील बनाएर जनतालाई एकजुट बनाएर, एक ढिक्का बनाएर उहाँहरुलाई अगाडी बढ्ने, बढाउने र उहाँहरूकै सुझाव सल्लाहअनुसार अघि बढ्ने चाहना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण