नीमको चमत्कारी फाइदा
नीममा धेरै प्रकारका गुणहरु लुकेको हुन्छ । नीमले शरीरसँगै कपाल र छालालाई पनि फाइदा गर्छ । नीमको पात र हाँगाले शरीरमा विभिन्न प्रकारका रोगहरु लाग्नबाट बचाउँछ । नीम दुई प्रकारका स्वादमा पाइन्छ । एउटा गुलियो हुन्छ भने अर्को तीतो हुन्छ । जसमध्ये तीतो निम फाइदाजनक हुन्छ । तितो नीमबाट औषधिहरु बनाइन्छ ।
नीमका फाइदाहरुः
– नीमको तेलले कपालको जरामा हुने इन्फेक्शनहरुलाई निको पार्छ । जसले गर्दा कपाल झर्ने समस्या कम हुन्छ । कपाल लामो हुन्छ । हप्तामा एकपटक निमको तेल लगाउँदा कपालका थुप्रै समस्याहरु गायब हुन्छन् ।
– नीम छालासम्बन्धी हरेक रोगका लागि सही उपचार हो । यसले छालामा आउने हरेक समस्यालाई निको पार्छ । निम पानीले नुहाउँने गर्दा छालासम्बन्धी रोगहरु हराउँछ । तातोपानीमा नीमको पात उमालेर पानी चिसो भएपछि पानीमा मिसाएर नुहाउने गर्नुपर्छ ।
– नीमको पात पिसेर पेस्ट बनाउने । उक्त पेस्ट केही समयसम्म अनुहारमा लगाउने र त्यसलाई धुने गर्दा अनुहारको छालामा चमक आउँछ ।
– भोक नलाग्ने समस्या आएमा नीमको पातलाई घ्युमा भुटेर खाने गर्दा भोक लाग्न थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण