‘मारवलस मी’ को दोस्रो सिजन हुने
फेसन स्टाइलिस्ट सोन्या गुरुङको ‘मारवलस मी’ को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा आयोजना हुने भएको छ । प्रतिस्पर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यो सोमा रङ, लिङ्ग, जात, हाइट, तौलको मूल्याङ्कनमा नभई व्यक्ति विशेषमा रहेको विशेषताको आधारमा छनोट गरिने आयोजकले जनाएको छ ।
हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुन्छ । यो प्रतियोगिताबाट उनीहरुका लुकेका प्रतिभालाई विशेष रुपले दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरेको मार्वलस मी कार्यक्रम संयोजक सिइओ फेसन स्टाइलिस्ट सोन्या गुरुङले बताइन् । मारवलस मी (राम्रो म) भन्ने अर्थमा बुझिन्छ ।
कार्यक्रममा सबै प्रतिस्पर्धीहरुलाई २० दिनको प्रशिक्षणमा विभिन्न किसिमको क्रियाकलाप गराई उनीहरु भित्र लुकेका प्रतिभाको खोजी गर्ने गरिन्छ । कार्यक्रमको निर्णायक समितिमा एम्पायर हाकिम (सुरेन्द्र) गुरुङ लगायतको समिति रहेको छ भने सो कार्यक्रमलाई पूर्ण व्यवस्थित गर्नका लागि नेपाल सरकारको कोभिड–१९ को मापदण्ड पालना गर्ने गरी ५१ सदस्य समिति गठन गर्ने गरि कार्यक्रम गरिन लागेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति