रुकुम पश्चिममा एमाले जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित
रुकुम पश्चिममा नेकपा एमाले जिल्ला कमिटीका अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । समाहित कमिटीका अध्यक्ष विमल कुमार पुनले अपवादमा केही सदस्य छाडेर नेकपा एमालेको सिङ्गो जिल्ला कमिटी नै नेकपा एकीकृत समाजवादीमा सामेल भएको बताए ।
उनका अनुसार एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खगेन्द्रप्रसाद पुरी र कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । नेकपा एमालेको साविक ६५ सदस्यीय जिल्ला कमिटीमध्ये पाँचजना यसअघि नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका थिए । बाँकीमध्ये अधिकांश सदस्य नेकपा एकीकृत समाजवादीमा सामेल भएको उनको भनाइ छ ।
आफूसहित एमाले सचिव हरिप्रसाद शर्मा, उपसचिव माधव गौतम लगायत झण्डै ७५ प्रतिशत कमिटी सदस्यले एकीकृत समाजवादी रोजेको पुनले बताए । उपाध्यक्ष ऋषिप्रसाद शर्मा भने हालसम्म कुनै पनि पक्षमा नखुलेको बताइएको छ ।
औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठनसँगै रुकुम पश्चिमको जिल्ला कमिटी कार्यालयसमेत स्थापना गरिएको छ । मुसिकोटको कालिका मन्दिरमा स्थापित कार्यालय केन्द्रीय सदस्य शेरबहादुर केसीले उद्घाटन गरेका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टी रुकुम पश्चिमको जिल्ला कमिटीको पहिलो बैठकले १०६ सदस्यीय जिल्ला कमिटी बनाउँदै जिल्लाका सबै पालिकामा पार्टी निर्माणका लागि कार्यकर्ता भेला र कमिटी निर्माणलाई तीव्रता दिने निर्णयसमेत गरेको अध्यक्ष पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण