बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

रुकुम पूर्वमा एमाले जनप्रतिनिधिसहित ठूलो संख्यामा एकीकृत समाजवादीमा समाहित

आइतबार, २० भदौ २०७८, १६ : २४
आइतबार, २० भदौ २०७८

नेकपा एमाले फुटको असर रुकुम पूर्वमा पनि देखिएको छ । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरे लगत्तै त्यस जिल्लामा सो पार्टीले  दोब्बरभन्दा बढी कार्यकर्ता गुमाउनुपरेको छ । एमालेबाट विजयी भएका नेतृत्व सहितका जनप्रतिनिधि पनि ठुलो संख्यामा नेकपा (एकीकृत समाजवादी ) मा समाहित भएका छन्  ।

रुकुम पूर्वमा नेकपा एमालेको ६३ सदस्यीय जिल्ला कमिटीमध्ये  एकजना  पदाधिकारीसहित २६ जना नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको र २४ जना नेकपा एमाले मै रहेको नेकपा समाजवादी रुकुम पश्चिमका जिल्ला पार्टी अध्यक्ष धीरमान घर्तीले बताए ।

‘अरु १२ जना कतै  खुल्नुभएको छैन्, नखुलेका ती साथीहरु २२ गते पछि यता खुल्ने तयारीमा रहेको र हाललाई नेकपा समाजवादीको ८९ सदस्यीय जिल्ला कमिटी गठन गरेका छौ, अध्यक्ष घर्तीले भने– ‘पालिका स्तरको संगठन बिस्तार गर्नका लागि म अहिले पनि गाउँमै छु ।’

उनकाअनुसार साविक नेकपा एमाले रुकुम पूर्वका जिल्ला पार्टी अध्यक्ष सद्मान पुनको  गत बैशाखमा मृत्यु भएपछि ओली समूहले टोपबहादुर ओलीलाई अध्यक्ष बनाएको थियो ।  धीरजमान घर्ती त्यस जिल्ला कमिटी सचिव थिए । उनले नेकपा समाजवादीको नेतृत्व सम्हालेपछि अध्यक्ष पुन र उपाध्यक्ष आशा स्वर्णकार एमालेमै छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट  दुई जना वडाअध्यक्षसहित १४ जना जनप्रतिनिधिहरुले जितेका थिए । तीमध्ये दु्बै जना वडाध्यक्षसहित ८ जना नेकपा (एकीकृत समाजवादी) मा खुलेको अध्यक्ष घर्तीले बताए । ६ जना वडा सदस्यहरु उतै रहेको उनको भनाई छ । उनीहरुमध्ये केहि जनप्रतिनिधिहरु पनि २२ गतेभित्र नेकपा (एकीकृत समाजवादी) मै खुल्ने दावी गर्छन् घर्ती ।

अहिलेलाई जिल्ला कमिटीमा अध्यक्ष र सचिव मात्रै राखिएको छ । भुमेश्वर उपाध्याय नेकपा (समाजवादी) रुकुम पश्चिमको पार्टी सचिव चयन भएका छन् । अध्यक्ष घर्तीका अनुसार माओवादी केन्द्रको बाहुल्य रहेको रुकुम पूर्व र पश्चिममा समेत नेकपा ( एकीकृत समाजवादी) दोश्रो शक्तिका रुपमा उदाउने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप