राउटेले बोल्ने भाषाको लिपि तयार गरिने
लोपोन्मुख राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिने भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले राउटे भाषाको लिपि तयार गर्ने भएको हो ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालमा राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिसक्ने दावी गरे ।
सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे बस्तीमा आईतबार राहत सामग्री लिएर पुगेका उनले फिरन्ते जीवन बिताइरहेका आदिवासी राउटे समुदायको पहिचानलाई जोगाउँदै समय अनुकूल परिवर्तन गर्न पनि प्रतिष्ठानले पहल गर्ने जानकारी दिए ।
उनले भने,‘ अहिले राउटेको अस्तित्व संकटमा पर्ने देखिएको छ। राउटे संरक्षणमा सबैले ध्यान दिन आवश्यक छ। राउटे जातिले खस भाषा बोल्छे गर्दछन्।’
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राउटे समुदाय आदिवासी भित्र पनि पिछडिएको अबस्थामा रहेकाले उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति हुनेगरी सामाजिकीकरण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए ।
संयुक्त रुपमा राउटे समुदायलाई खाधान्न, लत्ता कपडा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । राउटे मुखिया सूर्यबहादुर शाहीले राहत सामग्री उपलब्ध गराएकोमा आफ्नो समुदायको तर्फबाट धन्यवाद दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण