सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत

सोमबार, २१ भदौ २०७८, ०९ : ००
सोमबार, २१ भदौ २०७८

ताप्लेजुङ जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २  का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार नाल्बो, दलित महिला सदस्य दिलमाया नेपाली र समन्वय समिति सदस्य निमातेन्जी शेर्पा छन् । 

दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप