किम र लिएन्डर प्रेममा रहेको घोषणा
बलिउड अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका हुन् ।
किमले आफ्नो अकाउन्टबाट सेयर गरेको तस्बिरमा लिएन्डरको अँगालोमा मुस्कुराई रहेको देखिन्छ । फोटोको क्याप्सनमा उनले जोडीको इमोजी पनि राखेकी छन् । लिएन्डरले पनि सोही तस्विरलाई रिपोस्ट गर्दै ‘जादू’ लेखेका छन् । किमको फोटोमा धेरै बलिउडकर्मीले कमेन्ट गर्दै बधाइ समेत दिएका छन् ।
गत जुलाईमा उनीहरुको फोटो सार्वजनिक भएको थियो । गोवाको एक रेस्टुरेन्टले उनीहरुको तस्बिर सेयर गरेका थिए । त्यस्तै, मुम्बईमा पनि दुवै सँगै देखिएका थिए ।
किमको यसअघि अभिनेता हर्षवर्धन राणेसँग सम्बन्ध थियो । तर दुवै सन् २०१९ मा अलग भएका थिए । किमले बलिउडमा यशराज फिल्म्सकोको मोहब्बतेबाट डेब्यू गरेकी थिइन् । त्यसपछि उनले तुम से अच्छा कौन हे, कहेता हे दिल बारलगायत चलचित्रमा काम गरेकी इिन् । लिएन्डर भने यसअघि मोडल रिया पिल्लईसँग सम्बन्धमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण