विज्ञापनबाटै करोडौँ कमाउँछन् यी स्टार
मुम्बई । बलिउड फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ? जसको चर्चा यहाँ गर्न खोजिएको छ ।
अमिताभ बच्चन : बलिउडका महानायक अमिताभ बच्चन विज्ञापनबाट राम्रो आम्दानी गर्ने गर्दछन् । उनी एक विज्ञापनको ३ देखि ४ करोड लिने गर्दछन् ।
आमिर खान : अभिनेता आमिर खान एक विज्ञापनका लागि २ देखि ७ करोडसम्म लिने गर्दछन् । आमिर वीवो, कोका कोला लगायत थुप्रै विज्ञापनमा काम गरेका छन् ।
ऐश्वर्या राय : पूर्व मिस वर्ल्ड तथा बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री ऐश्वर्या राय विज्ञापनका लागि राम्रो पारिश्रमिक लिन्छिन् । उनी एक विज्ञापनको लागि २ देखि ६ करोड प्रतिदिन हिसाबले पारिश्रमिक लिन्छिन् । उनी लक्स, गहना, कोका कोला लगायत कयौँ कम्पनीको विज्ञापन अभिनय गरेकी छन् ।
शाहरुख खान : बलिउडका किंग खान शाहरुख फिल्म तथा विज्ञापनको माध्यमबाट धेरै कमाउने गर्दछन् । उद्योगका उनी आज पनि सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार हुन् । विज्ञापन सुटिङका लागि उनी एक दिनको ४ देखि १० करोडसम्म पारिश्रमिक लिन्छन् ।
सलमान खान : सलमान खान फिल्म तथा टिभी शोमा देखिने गर्दछन् । विज्ञापन अभिनयबाट कमाउने मामलामा पनि उनी अगाडि छन् । उनी एक विज्ञापन सुटिङका लागि दैनिक ४ देखि १० करोड लिन्छन् ।
करिना कपुर खान : बलिउडकी टप हिरोइनमा करीना कपुरको नाम पनि पर्ने गर्दछ । करिना कयौँ विज्ञापनमा पनि देखिने गर्दछिन् । उनी विज्ञापनका लागि एक दिनको ३ देखि ४ करोड पारिश्रमिक लिन्छिन् ।
अक्षय कुमार : खेलाडी कुमार अक्षयको आम्दानी बलिउडमा सबैभन्दा राम्रो छ । उनी कयौँ ब्रान्डको विज्ञापनमा देखिने गर्दछन् । उनी एक विज्ञापन सुटिङका लागि ५ देखि १० करोड रुपैयाँ प्रतिदिन दिने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण