गण्डकीमा ९२ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९४१ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ४२ महिला र ५० जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै गोरखामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । विगत ६ महिनादेखि गण्डकी प्रदेशका ११ जिल्लामध्ये प्रत्येक दिन कास्कीमा कोरोना संक्रमित धेरै हुँदै आएकोमा बिहीबार भने गोरखामा सबैभन्दा धेरै ४० जना संक्रमित भेटिएका छन् । त्यसैगरी विगत लामो समयदेखि सबैभन्दा धेरै संक्रमित भेटिँदै आएको कास्कीमा बिहीबार भने २३ जना संक्रमित भेटिएका हुन् ।
केन्द्रका संयोजक शर्माकाअनुसार गोरखामा ४०, कास्की २३, बागलुङ ३, स्याङ्जा ११, म्यादी १, पर्वत १, लमजुङ ५, तनहुँमा ७ र नवलपुरमा १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ८४ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा बागलुङ नगरपालिका –४ की ४४ वर्षीय कोरोना संक्रमित महिला, स्याङजा अर्जुन चौपारी गाउँपालिका –१२ की ६६ वर्षीय महिला र पर्वत पैयुँ गाउँपालिका–२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२३ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ७६१ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण