आज संसद्मा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेश हुने

सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ ।
यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए ।
पूर्ववर्ती ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई भने वर्तमान सरकारले परिमार्जन गर्ने भएको छ । यही कारण बजेट अध्यादेश जस्ताको त्यस्तै प्रस्तुत नगरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतले रातोपाटीलाई बतायो ।
स्रोतले भन्यो, ‘यसमा खासै धेरै कुराहरू परिमार्जन गरिएको छैन । सामान्य परिमार्जन गरेर प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।
सरकारले विधेयकहरू प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी एमालेले भने आफ्नो माग सम्बोधन नभएसम्म संसद् चल्न नदिने बताएको छ । आजको बैठक दिउँसो १ बजे बस्दैछ ।
यसैबीच अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्षसँग अर्थमन्त्री जनार्दन शर्माको भेट शनिबारका लागि सरेको छ । आज हुने भनिएको भेट संसद्मा अर्थमन्त्रीको व्यस्तताका कारण शनिबारलाई सारिएको स्रोतले रातोपाटीलाई बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने