शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्मती प्रदेश : योजना आयोगका उपाध्यक्षले लिए शपथ

शुक्रबार, २५ भदौ २०७८, १३ : ०८
शुक्रबार, २५ भदौ २०७८

बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । 

आयोगको उपाध्यक्षमा नियुक्त डा.जगतबहादुर बस्नेत, सदस्यहरु ज्ञानकुमार श्रेष्ठ,  निलम ताम्राकार र  रामशरण प्याकुरेललाई हेटौँडामा आज एक समारोहबीच मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको शपथ  गराएकी हुन् ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका बस्नेतलाई उपाध्यक्ष तथा रामेछापका श्रेष्ठ, काठमाडौंकी ताम्राकार र प्याकुरेललाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप