साताको सेयर बजार : परिसूचकसँगै कारोबार रकम पनि घट्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकममा गिरावट आएको छ । ५ दिन कारोबार भएको नेप्से परिसूचक साताभर ५१ अंकले घटेको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक २९ सय २६ अंकबाट घटेर २८ सय ७५ अंकमा आइपुगेको छ ।
साताभर ५ दिन कारोबार हुँदा चार कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आउँदा उच्च अंकको गिरावट आएको हो । सातामा सोमबार एकैदिन १६१ अंकले परिसूचक बढ्नुबाहेक अन्य कुनै दिन बढेन । यस्तै, साताको पहिलो कारोबार एकै पटक १०८ अंकको गिरावट आएको थियो ।
साताको ५ कारोबार दिनमा ४२ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमभन्दा ५ अर्ब ५१ करोडले कम हो । गत साताको ४ कारोबार दिनमा नेप्सेमा ४७ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यस्तै, यो सातामा नेप्सेको सेन्सेटिभ इण्डेक्स ६.४८ अंकले घटेको छ । यो गिरावटसँगै सातामा सेन्सेटिभ इण्डेक्स ५३५.२९ बिन्दुमा आइपुगेको छ भने फ्लोट इण्डेक्स ३.८३ अंकले घटेको छ । साताभर नेप्से परिसूचकसँगै कारोबार रकम घटेपछि कुल बजार पुँजीकरणमा समेत कमी आएको छ । गत साता बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब रुपैयाँ थियो । जुन, यो सातामा ४० खर्ब २४ अर्बमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण