रौतहटमा एक पुरुषको हत्या
रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या भएको छ । चन्द्रपुर नगरपालिका ३ गैंडाटार गाछीटोलका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शनिबार दिउँसो हत्या भएको हो । उनको हत्या गरिएको अवस्थामा शव फेला परेको मृतकका भाइ बोधनाथ घोरासैनीले बताए ।
शनिबार बिहान ८ बजे घाँस काट्न गएका घोरासैनी कालापानी सामुदायिक वनको झाडीमा मृत फेला परेका थिए । घोरासैनीको नियोजित तरिकाले हत्या भएको पीडित परिवारको दाबी छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने सहितको टोली पुगेर थप अनुसन्धान थालेको छ । त्यसका लागि प्रदेश–२ प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय प्रह्लाद कार्कीलाई नियन्त्रणमा लिएको छ । कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनको अवरोध हटाउन अनौपचारिक संवादमा प्रधानमन्त्री
-
‘गृहमन्त्री संसदीय छानबिनका लागि तयार नहुँदा अचम्म लागेको छ’
-
सुदूरपश्चिमका ठूला योजना बजेट अभावले प्रभावित
-
हृदयाघात हुँदा दिएको साथ सम्झँदै श्रेयस गरे अक्षयको तारिफ
-
सभामुख र सरकारको रवैया गलत छ, संसदीय दलको बैठकबाट थप रणनीति तय गर्छौँ : महामन्त्री थापा
-
झापामा दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक प्रहरीको पाँच मिनेट’ अभियान