रौतहटमा एक पुरुषको हत्या
रौतहटको चन्द्रपुरमा एक पुरुषको हत्या भएको छ । चन्द्रपुर नगरपालिका ३ गैंडाटार गाछीटोलका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शनिबार दिउँसो हत्या भएको हो । उनको हत्या गरिएको अवस्थामा शव फेला परेको मृतकका भाइ बोधनाथ घोरासैनीले बताए ।
शनिबार बिहान ८ बजे घाँस काट्न गएका घोरासैनी कालापानी सामुदायिक वनको झाडीमा मृत फेला परेका थिए । घोरासैनीको नियोजित तरिकाले हत्या भएको पीडित परिवारको दाबी छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने सहितको टोली पुगेर थप अनुसन्धान थालेको छ । त्यसका लागि प्रदेश–२ प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बोलाइएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आशंकामा स्थानीय प्रह्लाद कार्कीलाई नियन्त्रणमा लिएको छ । कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी लामिछानेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण