युवा संघले लुम्बिनी प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने
पार्टी विभाजन भएपछि एमालेको भ्रातृ संगठन युवा संघले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश कमिटी बैठकको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी समितिका सदस्य तथा युवा नेता टोपबहादुर रायमाझीले पार्टीका विरुद्ध फैलाउन खोजिएका भ्रम, षड्यन्त्र र अनेक प्रकारका तिकडमलाई परास्त गर्न युवा संघले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए ।
उनले युवा संघको अगुवाईमा उत्पादनमूलक कामको, समाज सुधारको र अनेक प्रकारका बेथितिविरुद्ध भण्डाफोर अभियान चलाउनुपर्नेमा पनि जोड दिए । प्रदेश कमिटीको आयोजनामा लुम्बिनी प्रदेशमा बृहत युवा भेला गर्ने, प्रदेशस्तरको विस्तारित भेलाको आयोजना गर्ने, सबै जिल्ला कमिटी र मातहतका पालिकाहरुमा युवा संघका कार्यकर्ता भेला गर्ने निर्णय गरेको संघका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले विकृति, विसंगति र अनेक प्रकारका बेथितिमा फसेका युवाहरुलाई सुधार्न युवा संघमा आवद्ध गराउनुपर्ने र तिनीहरु समेतको सहकार्यमा समृद्धिको अभियान सञ्चालन गर्न सकिने बताए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले कार्यतालिका नै बनाएर देशव्यापी अभियानको तयारी भएको भन्दै युवाहरुलाई राष्ट्रिय युवा संघमा गोलबद्ध गराउन मातहतका कमिटीहरूलाई आग्रह गरेका छन् ।
बैठकमा संघका केन्द्रीय नेता तथा लुम्बिनीका सहइन्चार्ज रविन्द्र लम्साल, केन्द्रीय सचिव गोविन्द भुसाल, स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज केशव रोका, केन्द्रीय लेखा आयोगका पूर्व सचिव तेजेन्द्रबहादुर पाण्डे, युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, लगायतका युवा नेताहरुले अभियानका बारेमा जानकारी गराउने संगठनलाई बलियो बनाउँदै तल्लो तहसम्म जानुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण