कर्णालीमा थप ४२ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
सोमबार, २८ भदौ २०७८, २० : ३४
कर्णाली प्रदेशमा सोमबार थप ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ भने १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट भएको कोरोना परीक्षणका क्रममा ३४ र ११० जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
सोमबार कोरोना संक्रमण देखिनेमा सबैभन्दा बढी जुम्लाका २० जना रहेका छन् । यस्तै सुर्खेतमा १५, कालिकोटमा १, रुकुम पश्चिममा १, डोल्पामा १, दैलेखमा २ जना रहेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति पनि जुम्ला जिल्लाकै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६४ जना पुगेको छ भने प्रदेशमा सक्रिय संक्रमितको संख्या घटेर ४४१ मा झरेको छ । सोमबार ४९ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण