बत्तीसपुतलीदेखि संसद् भवनसम्म फोहोरको थुप्रो !
महानगरपालिकाको कमजोर व्यवस्थापनका कारण काठमाडौँ उपत्यकामा फेरि फोहोरको डङ्गुर थुप्रिएको छ । गत साउनमा डम्पिङ साइटसम्म जाने बाटो खराब भएका कारण केही सातासम्म फोहोर उठ्न सकेको थिएन । भदौमा केही दिन फोहोर उठाइए पनि पुनः अवरुद्ध भएको छ । सडकमा जथाभावी थुपारिएको फोहोर नउठेका कारण सहरमा दुर्गन्ध फैलिएको छ ।
अहिले फेरि वर्षाका कारण बाटोको अवरोधले गर्दा काठमाडौँको फोहोर पूर्णरुपमा उठाउन नसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । राजधानीको फोहोर डम्पिङ गर्दै आएको नुवाकोटको ओखरपौवा सिसडोल ल्याण्डफिल्ड साइट फोहोरले भरिएको र पानीका कारण बाटो भासिएकाले ढुवानीमा अवरोध आएको उपमेयर हरिप्रभा खड्गीले बताइन् ।
दैनिक १५० वटा महानगरको आफ्नै कन्टेनरका साथै निजी क्षेत्रको ढुवानीबाट समेत फोहोर व्यवस्थापन हुँदै आएकोमा बाटो तथा ल्याण्ड फिल्डकै कारण बारम्बार अवरोध आइरहेको खड्गीको भनाइ छ ।
उपमेयर खड्गीका अनुसार २ वर्षका लागि भनेर लिइएको ल्याण्ड फिल्ड साइड १५ वर्ष पुरा भइसक्दा समेत विकल्प नखोजिनुको परिणाम अहिले महानगरले भोगिरहेको छ ।
यद्यपि, बाटोको अवरोधका कारण फोहोर ढुवानीमा केही समस्या आए पनि निरन्तर राजधानीको फोहोर उठिरहेको र घाम लागेपछि सबै फोहोर उठ्ने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई बताए ।
बत्तीसपुतली, पुरानो बानेश्वरदेखि नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिसम्मको सडकमा देखिएको फोहोरको दृश्य–

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण