पोखरा महानगरका विद्यालय असोज १ देखि खुल्ने
पोखरा महानगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका छन् । कोरोना संक्रमणका कारण लामो समयदेखि भौतिक रुपमा विद्यालयका कक्षा सञ्चालन रोकिएकोमा क्रमश संक्रमण घटेसँगै पोखरा महानगरपालिका नगर शिक्षा समितको बैठकले यही असोज १ गतेदेखि विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।
पोखरा महानगरपालिकाले महानगर अन्तर्गतका सम्पूर्ण विद्यालय, पूर्व प्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण लगायतका कक्षा सञ्चालन गर्ने पाउने निर्णय गरेको हो । समितिले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ मा उल्लेखित मापदण्ड एवम् मोडालिटी अनुरुप प्रत्येक विद्यालयले अनिवार्य रुपमा विद्यालय सञ्चालन कार्य योजना बनाई विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी एक प्रति शिक्षा महाशाखामा अनिवार्य पेश गरेर मात्र विद्यालय संचालन गर्न महानगरले १० बुँदे सूचना जारी गरेको छ ।
विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्रांगण पूर्णरुपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न भनिएको छ । विद्यार्थी धेरै भएका विद्यालयले भौतिक दूरी कायम गर्न जटिलता भएमा फरक दिन फरक कक्षा सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । त्यस्तै विद्यालयमा मास्क, साबुन पानी, सेनिटाइजर अनिवार्य गर्न भनिएको छ ।
विद्यालयमा पठनपाठन भएपनि प्रार्थना, खेलकुद लगायत भिडभाड हुने कार्यक्रम नगर्न महानगरद्वारा जारी सूचनामा भनिएको छ । ‘यदि भौतिक दूरी कायम गर्दा सबै कक्षा एउटै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीहरुलाई कक्षा कोठामा नै अध्यापन गर्न’ जारी सूचनामा उल्लेख छ ।
विद्यालय सञ्चालन गर्दा आकस्मिक रुपमा स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या आएमा अविलम्ब नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गरी त्यसको जानकारी वडा कार्यालय र शिक्षा महाशाखालाई गराउन समेत भनिएको छ । तर, पोखरा क्षेत्रमा क्याम्पस सञ्चालनबारे महानगरले कुनै पनि सूचना जारी गरेको छैन । शिक्षा शाखाले विद्यालयको मात्र सूचना जारी गरेपछि क्याम्पस पढ्ने विद्यार्थी र अभिभावकहरूमा अन्योलता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण