सोनू सुदको अफिसमा आयकर विभागको छापा
बुधबार, ३० भदौ २०७८, १७ : १३
बलिउड अभिनेता सोनू सूदको अफिसमा आयकर विभागको छापा परेको छ । रिपोर्टका अनुसार आयकर विभाग हाल सोनूको मुम्बईस्थित कार्यालयमा छन् ।
उनको एक सम्पत्तिको अकाउन्ट बुकमा गडबडीको आरोपपछि समूहले उक्त सम्पत्तिको सर्वेक्षण गरिरहेको छ । आयकर विभागको समूह्ले सोनू सुद र उनको कम्पनीसँग सम्बन्धित ६ स्थानमा सर्वेक्षण गरेको छ ।
केही दिन अघि मात्रै दिल्ली सरकारले सोनू सूदलाई विद्यार्थीसँग सम्बन्धित कार्यक्रमका ब्रान्ड एम्बेसेडर बनाइएको छ । यतिबेला उनी आम आदमी पार्टीमा समावेश हुने अडकलबाजी पनि गरिएको थियो तर सोनूले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग उनको राजनीतिबारे कुनै कुराकानी नभएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण