नेपाल टेलिकमले सुरु गर्यो जनगणनाको ‘रिङटोन’
नेपाल टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को स्थानमा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
जनगणनालाई सफल पार्नका लागि सबै व्यक्तिलाई सन्देश पुर्याउन यो प्रक्रिया प्रभावकारी महशुस गरेको उनले बताए । उनले भने– ‘प्रत्येक व्यक्तिसँग मोबाइल फोन हुने भएकोले सूचना प्रवाहका लागि यसरी सन्देश दिँदा महा प्रभावकारी हुन्छ । अन्य सञ्चारमाध्यमबाट सन्देश दिन बजेट कम भएका कारण यो विधि अपनाएका हौं ।’
नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल टेलिकम र एनसेलको रिङ्टोनमा कोभिड रोकथाम सम्बन्धी सन्देश बजाउन थालिएको थियो । झन्डै डेढ वर्षपछि मोबाइलमा फरक प्रकारको सन्देश बज्न थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण