दाङमा बालिकामाथि सामूहिक बलात्कार
दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।
गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमहागनरपालिका–११ बेलटाकुरामा बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई पक्राउ गरेको छ । उनलाई शान्तिनगर गाउँपालिका–५ रगैचाबाट दिउँसो प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न अर्का युवक भने फरार रहेका छन् । बालिकाको अत्याधिक रक्तश्राव भएपछि घटना बाहिर आएको हो । बालिकालाई पानी पुरी खाने भन्दै मोटरसाइकलमा हालेर लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण