सम्भव भए भौतिक उपस्थितिमा कक्षा सञ्चालन : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए ।
कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखिको बन्दाबन्दीले गर्दा त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको थियो । बन्दाबन्दीमा त्रिविले भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पस/विभाग/स्कुललाई अनुरोध गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन सडक अनुगमनमा उपमेयर डङ्गोल : प्राविधिक प्रतिवेदन पेस गर्न निर्देशन
-
'अब इन्भर्टर र मैनबत्तीको दिन आयो' भन्नेहरूलाई प्राधिकरणको जवाफ : त्यो दिन कहिल्यै आउँदैन
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण