सामलिङ हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन, यसरी दिन सकिन्छ आवेदन
सामलिङ हाइड्रो पावर कम्पनीको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म स्थानीय बासिन्दा इलामेलीलाई खुल्ला गरेको कुल ५ लाख कित्ता आइपीओको म्याद आज सकिन लागेको हो ।
कुल ५ लाख कित्तामध्ये अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं ४ र ५ का स्थानीय बासिन्दालाई ४०% अर्थात २ लाख कित्ता सेयर छुट्याएर बाँकी रहेको ६०% अर्थात ३ लाख कित्ता सेयर कम्पनीले जिल्लाभरका लगानीकर्ताहरुलाई छुट्याइएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरका आइपीओमा स्थानीयबासीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछन् । तर, आईपीओ निष्काशनको अन्तिम दिन आज रहेकाले इच्छुक लगानीकर्ताहरूले आज बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र लक्ष्मी बैंक शाखाबाट आवेदन दिन पाउनेछन् ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । हाल सामलिङ पावरद्वारा इलाम जिल्लामा निर्माणाधीन माइबेनी जलविद्युत आयोजना अन्तिम चरणमा रहेको छ । यसको अनुमानित कुल लागत २ अर्ब रुपैयाँ रहेको छ । यस्तै, प्रति मेगावाट लागत २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण