जेलबाट निस्कँदा पत्रकारको भीड देखेर राज कुन्द्राको यस्तो हाउभाउ
पोर्नोग्राफी केसमा जेलमा दुई महिना बिताएपछि २१ सेप्टेम्बरमा राज कुन्द्रा जमानतमा रिहा भएका छन् । उनलाई ५० हजार भारुमा जमानतमा रिहा गरिएको हो । राज ६४ दिनपछि आफ्नो घर फिर्ता भएका छन् । उनलाई मुम्बईको अपराध शाखाले १० जुलाईमा पोर्नोग्राफी केसमा पक्राउ गरेको थियो ।राज कुन्द्र जेल बाहिर आएपछि उनलाई मिडियाले तत्काल घेरे । यतिबेला पत्रकारले राजलाई केही प्रश्न पनि सोधे तर उनले कुनै पनि प्रश्नको जवाफ दिएनन् । राज केही नबोलिकनै गाडीमा चढे ।
जमानतमा जेलबाट बाहिर निस्किएपछि राजको पहिलो तस्बिर सार्वजनिक भएको छ । यी तस्बिरमा राज कुन्द्राले मास्क लगाइरहेको देख्न सकिन्छ । यसका साथै उनले निधारमा टड्कारो देखिने रातो टिका पनि लगाएका छन् मिडियाको भीड आफ्नो वरिपरि देखेर राज कुन्द्रा तनावमा पनि देखिए । गाडीमा बसेपछि राजले कसैसँग कुरा गर्दै मिडियातर्फ हातले इशारा गरेर केही भनिरहेको पनि देखिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण