प्रियंकाकी सासू रबिनाले भनिन्, ‘आयुषले संवेदनशील समयमा जसरी तिम्रो हेरविचार गर्यो त्यसमा गर्व छ’
प्रियंका कार्कीले छोरी आयाङ्कालाई जन्म दिएकी छिन् । प्रियंकाले बुधबार आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिएकी हुन् । प्रियंकाको इन्स्टाग्राम अकाउन्टमा राखेको पोस्टमा प्रियंककी सासू तथा बैंकर रबिना देशराज श्रेष्ठले कमेन्ट गरेकी छिन् ।
यस्तो संवेदनशील समयमा छोरा आयुष्मान देशराज श्रेष्ठ जोशीले जसरी स्थिति सम्हाले र प्रियंकाको हेरविचार गरे त्यसमा आफूलाई गर्व लागेको बताइन् । साथै, उनले दुबैलाई उपहारका लागि पनि धन्यवाद पनि दिएकी छिन् । उनले आफ्नी नातिनी आयाङ्कालाई सबैभन्दा उत्कृष्ट बच्चा बताएकी छिन् । यसका साथै, उनले प्रियंकाको पनि तारिफ गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘स्विटहार्ट, तिमी प्रत्येक कुरामा निपुण छौ । जसरी तिमीले उसलाई यो संसारमा ल्यायौं र जसरी तिमीले यतिबेला हरेक महिलाभित्र हुने शक्तिको प्रदर्शन गर्यौ त्यो प्रशंसनीय छ । ’
साथै, रबिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा नातिनीसँगको फोटो पोस्ट गर्दै जीवनको यो चरणलाई बयान गर्न कुनै शब्द नभएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण