माधवकुमार नेपालको राजनीतिक प्रस्ताव पारित, भोलि महासचिव छान्ने
नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक लम्बिएको छ । बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित गरेको छ । मंगलबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष नेपालको प्रस्ताव समूहगत छलफलपछि पारित गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न रामकुमारी झाँक्री, रामचन्द्र साह, रमा आले, श्रीप्रसाद साह र दिनेश राईले समूहको नेतृत्व गरेका थिए । समूह नेताले दिएका सुझावलाई समेत समेटेर बुधबारको बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
बुधबारको बैठकमा सुझावको सारांशमा संश्लेषण गर्दै अध्यक्ष नेपालले जबज सिर्जनात्मक अध्याय भएको भन्दै त्यसलाई थप सिर्जनात्मक बनाउने बताएका थिए । त्यस्तै बैठकमा अध्यक्ष नेपालले एमालेले जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप र विकृत बनाएको भन्दै जबजको काम छैन भन्ने अवस्थामा पुर्‍याएकाले जबजका सारभूत लक्ष्यलाई पक्रँदै जाने बारे प्रस्ट पारेका थिए ।
त्यस्तै बैठकले समाजवाद नामक बुलेटिन प्रकाशित गर्ने निर्णय गरेको छ अर्को बैठक बिहीबार बिहान ११ बजे पुन बस्नेछ । भोलिको बैठकका लागि कार्यसूची तयार रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । उनका अनुसार भोलिको बैठकले तीन महिने कार्ययोजना पास गर्नुका साथै महासचिव समेत चयन गर्नेछ । साथै स्थायी समिति र पोलिटब्यूरो सदस्य समेत भोलिको बैठकले टुङ्गो लगाउने छ ।
चुनाव चिन्हमा प्राप्त सुझावका आधारमा निर्णय गरेर निर्वाचन आयोग जाने सो पार्टीले जनाएको छ । सो पार्टीले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
