हास्य सिरियल ‘उकुसमुकुस’ सुरु
बिहीबार, ०७ असोज २०७८, ११ : ३२
हास्य सिरियल ‘उकुसमुकुस’ को प्रशारण सुरु भएको छ । बुधबार आमा अग्निकुमार मिडिया नामक युट्युब च्यानलबाट सिरियल प्रसारण सुरु भएको हो । नहकुल भट्टराई निर्माता रहेको सिरियल दिलीप तामाङ ‘हुरहुर’ ले निर्देशन गरेका हुन् ।
गोेल्ड फिल्मस्ले प्रस्तुत गरेको सिरियलमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ को संवाद रहेको छ । सिरियलमा दिलीपको नै कथा छ । सिरियलको श्रृङ्खला निर्देशक सितादेवी तिमल्सिना हुन् । राहुल राईले छायाँकन गरेको सिरियलको पहिलो भागमा टिकटक एपको क्रेजसँगै यसको राम्रा र नराम्रा दुबै पाटोलाई देखाउन खोजिएको छ ।
जयनन्द लामा, भुइसाल लामा, दिलिप तामाङ, देवी आले, धनराम मुस्कान, प्रकाश लिम्बु, बेदना राई, नहकुल भट्टराई, दिपक लम्साल, टुल्कु तामाङको साथमा बाल–कलाकार सोहन थापा लगायतको अभिनय सिरियलमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण