अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित
बिहीबार, ०७ असोज २०७८, १५ : २७
नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेसँगै प्रतिनिधिसभाबाट पारित भएको छ ।
साथै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सो सभामा उत्पति भएको विनियोजन विधेयक २०७८ राष्ट्रियसभाबाट पारित भई फिर्ता आएको सन्देश सुनाएका छन् । प्रतिनिधिसभाको बैठक असोज ११ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा
-
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
-
गण्डकीमा बहुवर्षे योजनाको चाप, सरकारै पिच्छे थपिन्छन् अर्बौंका दायित्व
-
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ ५ बजे, को–को बन्दैछन् मन्त्री ?
-
लुम्बिनी प्रदेशमा झण्डै ३० अर्बको बजेट आउने अनुमान
-
हैदराबादले लखनउलाई हराउँदा कुन-कुन रेकर्ड तोडियो ?