अवरोधकाबीच प्रतिनिधिसभाबाट २ विधेयक पारित
बिहीबार, ०७ असोज २०७८, १५ : २७
नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधिसभाबाट अर्थसम्बन्धी २ विधेयक पारित भएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यी दुवै विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सभामा निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सदस्यले स्वीकृत गरेसँगै प्रतिनिधिसभाबाट पारित भएको छ ।
साथै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सो सभामा उत्पति भएको विनियोजन विधेयक २०७८ राष्ट्रियसभाबाट पारित भई फिर्ता आएको सन्देश सुनाएका छन् । प्रतिनिधिसभाको बैठक असोज ११ गते सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण