मकवानपुरमा लागुऔषध गाँजासहित २ जना पक्राउ
प्रहरीले मकवानपुरको थानाभ–याङबाट १ सय ७५ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–९ बस्ने वर्ष ३१ का मोहन स्याङतान र सोही ट्रकमा सवार थाहा नगरपालिका–३ बस्ने वर्ष २४ का प्रशान्त कार्की रहेका छन् । बिहीवार दिउँसो विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११ थानाभ–याङबाट सो परिमाणको लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
स्याङतान ना ३ ख ५९५० नम्बरका ट्रक चालक हुन् । सोही ट्रकमा लुकाइ छिपाइ ल्याएको लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बीरगंज जाने क्रममा ट्रक बिग्रिएपछि थानाभ–याङमा मर्मत गर्दै गर्दा प्रहरीले चेकजाँच गरेको थियो ।
सोही क्रममा ट्रकभित्र फल्स बटम बनाई लुकाइछिपाइ ल्याएको लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । पक्राउ परेका व्यक्ति, लागुऔषध गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय मकवानपुरको निगरानीमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक दासले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण