हामीले बनाइदिएको घरमा अब प्रधानमन्त्री सर्दै हुनुहुन्छ : केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले विकास निर्माणका कुनै काम गर्न नसक्ने प्रस्ट पारेका छन् । उनले आफ्नो नेतृत्वको सरकारले निर्माण गरेका संरचनालाई देखाएर नै अहिलेको सरकारले विकास निर्माणको श्रेय लिन खोज्ने टिप्पणीसमेत गरे ।
उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू हामीले बनाइदिएको घरमा सर्दै हुनुहुन्छ अब दुई चार महिनामा ।’ यति भनेर उनले कार्यकर्तालाई ‘एक पटक ताली बजाइदिनुस् न !’ समेत भने ।
ओलीले अगाडि भने, ‘उहाँ (प्रधानमन्त्री देउवा)ले रिबन काट्नुहुनेछ, बत्ती बाल्नुहुनेछ । उद्घाटन गर्नुहुनेछ ।’ यस्ता थुप्रै काम आफ्नो नेतृत्वको सरकारले गरेको र तिनै काम सही नसक्नु भएका कारण आफ्नो सरकारलाई निशाना बनाएर हटाइएको उनको भनाइ थियो ।
उनले भने, ‘दुई वर्ष एमाले नेतृत्वको सरकार टिकेको भए उहाँहरुको राजनीतिको सटर बन्द हुन्थ्यो ।’ योग्यता, दक्षताका आधारमा आफ्नो नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेको तर अहिलेको सरकारले उनीहरुलाई फिर्ता बोलाएको भन्दै ओलीले सरकारको आलोचना गरे ।
कसैले पक्षपात भयो भनेर आवाज उठाउन नपाओस् भनेर सरकारले आफ्नो निकट रहेका राजदूतलाई पनि फिर्ता बोलाएको उनको भनाइ थियो । ‘पोहोरै समय सकिएर मैले म्याद थपिदिएको जापानको महामहिमलाई फिर्ता बोलाएको छ । पक्षपात गरेको छैन भनेर देखाउनका लागि,’ उनले भने, ‘त्यो त सेप्टेम्बरभित्र आउनैपर्ने थियो, अहिले फिर्ता बोलाएको भन्नुपर्छ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण