सत्तारुढ गठबन्धनलाई ओलीको प्रश्न– मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने, एमालेसँग लड्ने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले अढाइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने हुनका लागि पहिला गठबन्धनभित्रै एकता गर्न चुनौती दिए । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै नसक्ने दाबी गरे । पाँच दलीय गठबन्धनमा सहमति जुट्न नसकेकै कारण अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको उनको भनाइ थियो ।
ओलीले सरकारलाई राष्ट्रसंघमा सहभागी हुनुपर्छ भनेर पनि हिजोका दिनमात्र थाहा भएर हतार हतार परराष्ट्रमन्त्री नियुक्त गरेको टिप्पणी गरे । ‘यतिका दिनसम्म पनि राष्ट्रसंघको बैठकमा जानुपर्छ भन्ने थाहा पाएनछ,’ उनले भने, ‘हिजो बल्ल थाहा पाएर हतार हतार मन्त्री नियुक्त गरेर पठाएको छ, त्यो पनि कपडाको झोला बोकेर मन्त्री त्यसतर्फ गएका छन् । तयारी हेर्नुस् त !’
उनले एमालेले सरकारको नेतृत्व गर्ने अवस्थामा सरकार विस्तारमा यतिका दिन नलगाउने प्रस्ट पारे । ‘तीन दिनभित्र सरकारलाई पूर्णता दिन सक्छौं, उस्तै परे उसै दिन पनि पूर्णता दिन सक्छौं,’ उनले भने, ‘एमालेमा पदका लागि मरिमेटाइ हुँदैन ।’
उनले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा कतिपय नेताहरु मन्त्री पद पाउनका लागि सामेल भएको बताए । तर एमालेमा कतिपले मन्त्री पद छाडेर, सांसद पद छाडेर पनि देश र जनताको पक्षमा उभिन्छु भनेर सामेल भएको ओलीको भनाइ छ । उनले नेकपा माओवादी केन्द्रका कतिपय नेताहरुले त्यसरी पद र प्रतिष्ठासमेत गुमाएर एमालेको पक्षमा आफूलाई उभ्याएको प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण