हेलिकोप्टरबाट ओर्लिएपछि इन्दिरा जोशीलाई प्रेमीको विवाह प्रस्ताव
गायिका इन्दिरा जोशीलाई उनका प्रेमीले विवाहको प्रस्ताव राखेका छन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका हुन् । इन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । इन्दिराले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । ।
फोटोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘उनले सोधे, ‘मसँग विवाह गर्छौ ? र मैले ‘हुन्छ’ भनिदिएँ ।’ यी दुईको भिडियो टिकटकमा निकै चर्चितसमेत भइरहेको छ ।
इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् । उनको डिजाइनमा नेपाली सेलिब्रिटीसमेत सजिने गरेका छन् । नायिका स्वस्तिमा खड्का, ऋचा शर्मा, मिस नेपाल श्रृङ्खला खतिवडा, कार्यक्रम प्रस्तोता सहाना बज्राचार्य, रिमा विश्वकर्मालगायतले शरदको डिजाइन पेश गर्ने गरेका छन् ।





तस्बिर साभारः पाईलट विवेक खड्का, इन्दिरा जोशीको इन्स्टाग्राम अकाउन्ट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण