बागलुङको ओडारमा भेटियो २५ थान भरुवा बन्दुक
शुक्रबार, ०८ असोज २०७८, ११ : ११
बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको बागलुङका एसपी कृष्ण पल्ली मगरले रातोपाटीलाई बताए ।
तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको छ ।
बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए । उनले भने– ‘त्यो कुनै सशस्त्र समूहको बन्दुक होइन्, गाउँलेहरुले लुकाएर राखेको बुझिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण