देलविस र राज रोहनसँग रोमान्टिक साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दर्शकले पर्दामा देख्न नपाएको धेरै भयो । फिल्म बाहेक विज्ञापन र म्युजिक भिडियो भने उनको रोजाइमा खासै पर्ने गरेको छैन । केही अगाडि आफ्नै आमाको स्वर रहेको एक म्युजिक भिडियो अभिनय गरेकी साम्राज्ञी फेरि म्युजिक भिडियोमा देखिने भएकी छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नव कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाङ्फेसँग उनी एक म्युजिक भिडियोमा देखिन लागेकी छन् ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोमा साम्राज्ञीले देलविस र राज रोहनसँग रोमान्स गर्ने भएकी छन् । जसको निर्देशक दिपेश सापकोटाले गर्दैछन् । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर, डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

गीतको कोरियोग्राफी माइकल चन्दले गर्दैछन् । गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री मिडियाको अफिसियल यु–ट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गर्ने भिडियो अगाडि शाहले देलविस र राज रोहनसँग केही फोटो सुट गराएकी छन् । तस्बिरमा तीनै जनाको रोमान्टिक पोज देख्न सकिन्छ ।
राम्रो पारिश्रमिक पनि पाएकोले म्युजिक भिडियोमा अभिनय गर्न लागेको अभिनेत्री साम्राज्ञीले बताइन् । ‘पारिश्रमिक मात्र होइन, गीत पनि मनपर्यो’ साम्राज्ञीले भनिन् ‘ट्री इन्टरटेन्मेन्टसँग जोडिएर काम गर्न मन लागेको थियो । भिडियोले संजोग जुर्यो ।’





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण