व्यवसायिक संघ–संस्थामा चुनाव भएपनि हारजित हुँदैन : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भएको बताएका छन् । उनले व्यवसायिक छाता संगठनको निर्वाचनलाई स्वभाविक रुपमा लिँदै त्यसलाई हार÷जितका लागि लिन नहुने बताए ।
सप्तरी उद्योग वाणिज्य संघको ११ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने बताए । त्यसो हुन नसके निर्वाचनको भोलिपल्ट देखिनै एकतााबद्ध रुपमा अगाडि बढ्नुपर्ने उनले बताए ।
आफूसँगै निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्व उपाध्यक्ष किशोर प्रधानकै हार्दिकतापूर्ण आमन्त्रणका कारण आफू संघको साधारणसभामा आएको उल्लेख गर्दै निर्वाचनले एक जनालाई मुख्य जिम्मेवारी दिए पनि अर्को जनाको आवश्यकता र भूमिका जरुरी हुने बताए ।
ढकालले महासंघसहित जिल्ला नगर उद्योग वाणिज्य संघमा निर्वाचनबाट नेतृत्व चयन भएपनि आर्थिक मुद्दामा एक ढिक्का हुनुपर्ने बताए । संघका साधारणसभामा नेतृत्व चयनसँगै व्यावसायिक गतिविधि बिस्तारका सम्भावनाका विषयमा छलफल हुनुपर्ने उनको भनाई छ ।
साधारणसभामा आमन्त्रित व्यवसायीसँग बिटूबी लगायतका कार्यक्रम गर्न पनि उनले सुझाव दिए । वरिष्ठ उपाध्यक्ष ढकालले आफूहरुले ७७ जिल्लाकै व्यवसायीलाई महासंघको केन्द्रीय नेतृत्वसँग जोड्ने प्रयास गरेको उल्लेख गर्दै सम्भावना भएका क्षेत्रमा महासंघ पदाधिकारी र काठमाडौंका ठूला व्यावसायिक घरानालाई लगानीका लागि उत्प्रेरित गर्ने काम आफूहरुले गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो'
-
अख्तियारले अपनाएको शैलीः ‘टाउकोबाट अनुसन्धान’ गर्ने
-
कोशी प्रदेश वाइसिएलको अध्यक्षमा विक्रम बाबु फियाक निर्वाचित
-
पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता
-
बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने
-
ऋषिकेशपत्नी अञ्जला जोडिएको ठगी मुद्दाको पेसी तेस्रो पटक सर्यो