सामाजिक सञ्जालमा झुटो विज्ञापन राखेर ठगेको आरोपमा २ युवक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा ‘क्यानडामा रोजगारीको अवसर’ भन्ने विज्ञापन राखेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी घर भएका ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनवर्षी नगरपालिका घर भएका ३७ वर्षीय प्रवेज आलम छन् ।
काठमाडौंको बानेश्वर बस्दै आएका झापाको कमल गाउँपालिका घर भएका आशिष काफ्लेलाई फेसबुकमार्फत कुरा गरेर क्यानडामा फुड प्याकिङको काम लगाइदिन्छौँ भनेर उनीहरुले ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
क्यानडामा मासिक २ लाख २५ हजार तलव हुने आश्वासन देखाएर उनीहरुले ४ लाख मागेका थिए । प्रोसेसिङ चार्जबापत भन्दै काफ्लेसँग उनीहरुले सिटी एक्सप्रेस र आइमईमार्फत ३ लाख रकम लिएको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
फेसबुकमा झुटा विज्ञापन गर्ने ह्वाट्स एपमार्फत कुरा गरेर उनीहरुले ठग्ने गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । उनीहरुविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण