टिपर र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु
आइतबार, १० असोज २०७८, २२ : ३०
जनकपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार जनकपुरधाम स्थित पिडारी चोकमा भएको दुर्घटनामा भारतीय नागरिक ३५ वर्षीय आनन्द किशोर दासको मृत्यु भएको हो । चालक दासले चलाएको मोटरसाइकल गोलम्बर नजिक सोही दिशाबाट आइरहेको ना ७ ख ४७४१ नम्बरको ट्रिपर मुनी छिरेको धनुषा प्रहरीले जनाएको छ ।
मृतक दासको ठेगाना भने नखुलेको धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिए । मोटरसाइकल उल्टो साइडबाट जान खोज्दा ट्रिपरभित्र पसेको रानाभाटले बताए । घटनापश्चात आक्रोशित स्थानीय भीडले टिपरमा आगजनी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण