फाती फर्किँदा बार्सा विजयी
आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले म्यानेजर रोनाल्ड कुमनमाथिको दबाब कम गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो ।
मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाए । १४ औँ मिनेटमा लुक डि योङले बार्साको अग्रता दोब्बर बनाए । लामो समय घाइते भए मैदानबाहिर रहेका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गरे । १८ वर्षीय फातीलाई लियोनेल मेस्सीले लगाउने १० नम्बर जर्सी दिइएको थियो ।
जीतसँगै बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा बार्सा ५ अङ्कले पछि रहेको छ । ६ खेलबाट बार्सिलोनाको १२ अङ्क रहेको छ । यद्यपि, बार्साले रियलभन्दा एक खेल कम खेलेको छ । रियल शनिबार भिल्लेरियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
ला लिगामा ५ खेलमध्ये दुई मात्र जीत हासिल गरेपछि म्यानेजर कुमन ठुलो दबाबमा थिए । गत बिहीबार क्याडिजसँग गोलरहित बराबरी खेल्ने क्रममा रातो कार्ड पाएपछि आइतबारको खेलमा उनी अनुपस्थित रहेका थिए । उनको अनुपस्थितिमा पनि टोलीले सबै प्रतियोगितामा तीन खेलको जीतविहीन यात्रामा पूर्ण विराम लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण