पीएसजीका लागि मेस्सीको पहिलो गोल, सिटी पराजित
लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्न सफल भएका छन् । मंगलबार राति म्यानचेस्टर सिटीलाई २–० गोलले हराउने क्रममा मेस्सीले गोल गरेका हुन् ।
बार्सिलोना छाडेपछि पीएसजीका लागि चौथो खेल खेलिरहेका मेस्सीले मैदानको मध्य भागबाट बललाई अघि बढाउँदै किलियान एमबाप्पेसँग वान टु वान खेल्दै २० यार्ड टाढाबाट सुन्दर गरेका थिए । मेस्सीको गोलमा पार्क डेस प्रिन्सेस स्टेडिम नै उचालिएको थियो । च्याम्पियन्स लिगमा उनको यो १२१ औँ गोल थियो । त्यस्तै, बार्सिलोनाका लागि ६७२ गोल गरेका मेस्सीले त्यसमा एक गोल थपेका छन् ।
खेलमा अग्रता भने इड्रिसा गुइयेले दिलाएका थिए । त्यसबीचमा सिटीले गोल फर्काउने थुप्रै अवसर प्राप्त गरेको थियो । तर, राहिम स्टर्लिङ र बर्नान्डो सिल्भाको प्रहार पोष्टमा लागेको थियो ।
समूह ए कै अन्य खेलमा क्लब ब्रगले जर्मन क्लब आरबी लेइपजीगलाई २–१ ले हरायो । २ खेलपछि पीएसजी र ब्रगको ४–४ अंक रहेको छ । तेस्रो स्थानमा रहेको सिटीको ३ अंक छ भन लेइपजीगले हालसम्म अंक बटुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण