रियल घरेलु मैदानमै स्तब्ध
च्याम्पियन्स लिगको इतिहासकै आश्चर्यचकित पार्ने नतिजाहरू मध्ये एक मंगलबार देखिएको छ । १३ पटकको विजेता रियल म्याड्रिड प्रतियोगिताकै सबैभन्दा कम अनुभव भएको टोली सेरिफ टिरासपोलसँग आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।
सबास्टियन थिलले खेलको अन्तिम मिनेटमा गोल गर्दै मोल्डोभियन च्याम्पियनलाई स्यान्टियागो बर्नेबाउमा चर्चित २–१ को जीत दिलाएका हुन् । खेलमा जासुरबेक याकसीबोएभले टिरासपोललाई २५ औँ मिनेटमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा करिम बेन्जेमाले पेनाल्टीमार्फत खेल बराबरी गरे । तर, खेलको अन्त्यमा थिलले उत्कृष्ट गोल गर्दै टोलीलाई ऐतिहासिक जीत दिलाए ।
खेलमा नियन्त्रण भने रियलले बनाएको थियो । ७६ प्रतिशत बललाई नियन्त्रणमा राखेको रियलले ३१ पटक विपक्षीको पोष्टमा प्रहार गर्दा लक्ष्यमा ११ पटक परेको थियो । रियलका प्रशिक्षक कार्लो एन्चेलोटीले आफ्नो टोली जीतको हकदार भएको बताउँदै आफू थोरै दुःखी भएको बताए ।
समूह डीको अन्य खेलमा इन्टर मिलान र शाख्तार डोनेस्कले गोलरहित बराबरी खेले । अङ्क तालिकामा टिरासपोल ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । रियलको ३ अङ्क रहेको छ भने इन्टर मिलान र शाख्तारको १–१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण