रात्रि व्यवसायलाई व्यवस्थित बनाउन कार्यदल गठन गर्ने निर्णय
रात्रि व्यवसायलाई व्यवस्थित बनाउन गृह मन्त्रालयले कार्यदल बनाउने निर्णय गरेको छ । सरकारका अधिकारी र रात्रिकालिन व्यवसायीसँगको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । बुधवार सिंहदरबारमा भएको छलफलमा गृह मन्त्रालयका अधिकारी, उद्योग मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका प्रतिनिधि र रात्रि व्यवसायका पदाधिकारी सहभागी थिए ।
छलफलमा दोहोरी व्यवसायी संघका विनोद श्रेष्ठ, ठमेल पर्यटन विकास परिषद्का राजुमान डंगोल र रात्रिकालिन व्यवसायी संघका दिनेश श्रेष्ठ लगायतले २४ घण्टा व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेका थिए । कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन आफु तयार रहेको भन्दै गृहमन्त्री खाँणले कार्यदलले बुझाउने प्रतिवेदनका आधारमा निर्णय गरिने बताए ।
काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले राति २ बजेसम्म रात्रि व्यवसाय संचालन गर्न अनुमती दिएको छ । कोभिड–१९ प्रोटोकल पालना गरेर चौबीसै घण्टा रात्रि व्यवसाय चलाउन व्यवसायीले माग राखेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।
‘देशभरको रात्रि व्यवसायलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल भएको छ’ काठमाडौंका प्रजिअ रिजालले भने । बैठकमा गृहसचिव टेकनाराण पाण्डेले व्यवसायलाई सुरक्षित बनाउने दायित्व व्यवसायीको भएको भन्दै त्यसमा सरकारले सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण