सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह

नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जानकारी दिएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।
छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिए । उक्त छलफलमा महासचिव सुनिल रिजालले एच.एस कोड परिर्वतन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोबाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनु पर्ने बताए ।
महानिर्देशक सापकोटाले भन्सार जाँच पासमा थप सहजीकरण गर्ने बताउँदै व्यवसायीहरुका लागि अनलाईन पेमेन्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए । सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प